www.tandavnews.com
Fact ~ In search of truth

‘लालुमै’ टिमको अर्को सहकार्य ‘दिलमाया’

पोखरा
ताण्डव न्युज ।

सर्वाधिक चर्चित गीत ‘लालुमै’ टिमको दुई वर्ष पछिको सहकार्यमा नयाँ गीत ‘दिलमाया’ बजारमा आएको छ । शिव हमालको शब्द÷संगीतमा बजारमा आएको उक्त गीतमा सन्दिप न्यौपाने र शान्तिश्री परियारको स्वर रहेको छ । गीतलाई सुदीप सागरले एरेन्ज गरेको छन् ।

प्रकाश भट्टले निर्देशन गरेको उक्त गीतको भिडियोमा गायक सन्दिप न्यौपाने, अञ्जली अधिकारी र निक्स शर्माको अभिनय देख्न सकिन्छ । गीतको भिडियो निकै आर्कषक शैलीमा बनाइएको छ । नवराज उप्रेतिले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।

Batas

गीतको भिडियो सर्जक शिव हमालको अफिसियल युटुव च्यानलबाट सार्वजानिक गरिएको छ । गीतबाट निकै आशा गरिएको सर्जक शिव हमाल बताउँछन् ।

‘लालुमैको टिमले पुन अर्को सहकार्य गरेका छौं,’ उनले भने, ‘त्यो गीतलाई जस्तै यसलाई पनि दर्शकले रुचाउनुहुनेछ भन्ने अपेक्षा छ । हामीले सक्दो राम्रो बनाउने मेहनत गरेका छौं ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.