पोखरा ,
ताण्डव न्यूज ।
तनहुँ म्याग्दे गाउँपालिका –१ गुणादी स्थित पृथ्वी राजमार्गमा बस दुर्घटना हुदाँ सहचालक सहित ५ घाईते भएका छन् ।
पोखराबाट दमौलीतर्फ जादैँ गरेको ग १ ख ८५०९ नम्बरको बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४÷५ फिट तल खसेको हो । दुर्घटनामा तनहुँ म्याग्दे गाउँपालिका –६ का २० वर्षीय माधव थापा, पर्वत दलदला गाउँपालिका –८ का ३५ वर्षीया खिमा चोखाल,तनहुँ शुक्ला गण्डकी नगरपालिका –५ खैरेनीटारकी ५२ वर्षीया सुनमाया सार्की, तनहुँ व्यास नगरपालिका –९ सिमलचौरका ५२ वर्षीय प्रेम वि.क र तनहुँ व्यास नगरपालिका –९ सिमलचौरकी १८ वर्षीया प्रमिला वि.क घाईते भएका छन् ।
घाईते सबैको उपचार भईरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.