पोखरा,
ताण्डव न्यूज।
उच्च अदालत पोखराले पनि विपेन्द्रराज बतास (विपिन) को माग इन्कार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा विपिन विरुद्ध ठगीको जाहेरी दर्ता भएपछि जिल्ला अदालत कास्कीले वैशाख २ गते पक्राउ पुर्जी जारी गरेपछि बतासले सोही दिन नै उच्चमा परमादेशसहितको आदेश माग गर्दै रिट दर्ता गराएका थिए ।

वैशाख ३ गते रिटमा माग भए अनुसार अन्तरिम आदेश भने अदालतले जारी गरेन । तर सोही अनुसार उच्च अदालत पोखराले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्यो । अदालतले ‘यसमा के भएको हो, निवेदकको माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो, जारी गर्नु नपर्ने कुनै कानुनी आधार भए बाटोको म्यादबाहेक १५ दिनभित्र जिल्ला प्रहरी कार्यालय कास्कीको हकमा उच्च सरकारी वकिल कार्यालय पोखरामार्फत लिखित जवाफ पेस गर्नु ’ भनी आदेशमा उल्लेख गर्यो ।
अन्तरिम आदेशको विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतले वैशाख १२ गते पेसी तोकेको थियो । सोही अनुसार वैशाख १३ गते आज उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गर्न इन्कार गरेको हो । न्यायाधीश रामचन्द्र यादव र नरबहादुर शाहीको संयुक्त इजलासले विपक्षीको नाममा अन्तरिम आदेश जारी गरिरहन परेन भन्दै नियमानुसार गर्न आदेश दिएका हुन् ।
निवेदक बतासको तर्फबाट अधिवक्ता मुकुन्द अर्याल र कमल अर्याल र विपक्षी जिल्ला प्रहरी कार्यालय कास्कीको तर्फबाट उच्च सरकारी वकिल कार्यालय पोखराका शाखा अधिकृत महेन्द्रप्रसाद अधिकारीले बहस गरेका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.