गलेश्वर।
कालीगण्डकी नदीको कटानका कारण जोखिममा परेको बेनीबजार संरक्षणका लागि शुरु गरिएको अस्थायी तटबन्धको निर्माण कार्य सुस्त गतिमा अघि बढेको छ ।
कालीगण्डकीमा पानीको बहाव ह्वात्तै बढी सकेपनि बाढीको उच्च जोखिमयुक्त म्याग्दीको सदरमुकाम बेनी बजार बचाउन शुरु गरिएको अस्थायी तटबन्ध निर्माणमा ढिलाइ भएपछि स्थानीयवासी चिन्तित भएका छन् । कालीगण्डकीको बेनीबजार खण्डमा पक्की पुलदेखि तल दोबिल्लासम्म रु तीन करोड ५० लाखको लागतमा तटबन्ध निर्माणकार्य भइरहेको छ ।

अहिले विभिन्न चारवटा प्याकेजमा काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष उत्तम कर्माचार्यले बताए । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहेका कर्माचार्यकाअनुसार नदी सतहबाट पाँच फिट गहिरो फाउण्डेसन राखी ११ फिट चाक्लो र छ फिट अग्ला ग्याबिन तटबन्ध निर्माण गरिँदै छ ।
तटबन्ध निर्माण उपभोक्ता समितिमार्फत भनिएको भए पनि काम भने ठेकदारमार्फत नै गराएकाे छ। तटबन्ध निर्माण गर्दा नदीको वातावरणमा गम्भीर असर पर्नेगरी ठूला ढुङ्गा सबै फुटाइएको तथा तटबन्धमा साना गेगर प्रयोग गरिएको भन्दै बेनी नगरपालिकाले समेत उपभोक्ता समितिलाई सचेत पारेको छ । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.