www.tandavnews.com
Fact ~ In search of truth

चुलो चौकासँगै व्यवसायमा अघि बढ्नुपर्ने आजको आवश्यकता

पोखरा ।

महिला उद्यमि संघ नेपाल, कास्कीले स्थापनाको १० औँ वार्षिकोत्सव एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।

गण्डकी प्रदेशकि सांसद मिना गुरुङ्गको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै गुरुङ्गले समाज र देशको विकासका लागि अब महिलाहरु चुलो चौकासँगै व्यवसायमा पनि अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताइन् ।

Batas

वार्षिकउत्सवको अवसरमा डि.जी. इन्टरनेशनल प्रा.लि.का संस्थापक अध्यक्ष दुर्गा घोताने (मिलन) ले संस्थालाई दराज, कुर्सी, टेबल लगायतका फर्निचरका सामाग्री प्रदान गरेका थिए । सस्थामा सल्लाहकार सिता गुरुङ्ग र कुलदेबि बरालले कार्यक्रममा बोल्दै महिलाहरुलाई उद्यमशिलतामा अगाडी बढ्नको लागि आग्रह गरे । संस्थाका अध्यक्ष काशी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका महासचिब प्रतिभा गैहे्रले गरेकि थिइन ।

कार्यक्रममा ७५ जना उद्यमशिल महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका निवर्तमान महासचिव एवं वडा नं. ८ का वडा सदस्य किरण गौतम लगायत संस्थाका विभिन्न वडा इकाई अध्यक्षहरुले बोलेका थिए । शुभकामना मन्तव्य सस्थाका प्रथम उपाध्यक्ष पार्बति पौडेल रेग्मीले राखेकि थिइन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.