पोखरा ।
संघीय संसदको बर्खे अर्थात चौथो अधिवेशन आज सोमबारबाट सुरु हुँदै छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनका बैठक आज अपराह्न ४ बजे बस्दैँछ । छुट्टाछुट्टै बस्ने बैठकको पहिलो सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने कार्यतालिका रहेको छ ।
पहिलो सत्रमा सत्तारुढ तथा प्रतिपक्षी दलका नेताले सम्बोधन गर्ने कार्यसुची छ ।

संघीय संसद सचिवालयका अनुसार दोस्रो सत्रमा संसदको तेस्रो अर्थात् हिउँदे अधिवेशन अन्त्य भएको गत चैत ११ गतेपछि निधन भएका सांसद तथा पूर्व सांसदहरु प्रति शोक प्रस्ताव पारित हुने छ।अधिवेशनका क्रममा आउने जेठ १५ गते सरकारले आगामी आर्थिक वर्ष २०७६र०७७ का लागि अनुमानित बजेट प्रस्तुत गर्नेछ। त्यसअघि सरकारले आफ्ना प्राथमिकता समेटेर वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलका अनुसार राष्ट्रपति भण्डारीले आगामी शुक्रबार सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गर्ने कार्यसूची छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.