www.tandavnews.com
Fact ~ In search of truth

पर्यटनबाटै समृद्धि र विकास सम्भव–मुख्यमन्त्री गुरुङ

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनबाटै प्रदेशको समृद्धि र विकास सम्भव भएकाले पोखराको पर्यटनमा महत्वपूर्णस्थान ओगटेको फेवातालको संरक्षणमा सरकार लागि परेको बताएका छन् । पोखरा १७ ड्यामसाइडस्थित फेवातालको किनारामा निर्माण गरिने माछापुच्छ्रे हिमाल प्रतिविम्बित पार्क आज शिलान्यास गर्दै उनले यहाँका पर्यटकीय सम्भावनालाई ऊजागर गर्न सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ भने ।

फेवातालको संरक्षणका लागि सर्वोच्च अदातलको आदेश कार्यान्वयनमा आफूहरु प्रतिबद्ध रहेको मन्त्री सुब्बाले जानकारी दिए । विकासका निर्माणाधीन योजनाको गुणस्तरीयताका साथै समयमै सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध छ भन्दै उनले निर्माण कम्पनीले आफ्नो दायित्व तथा जिम्मेवारीलाई आत्मसात् गर्नुपर्ने धारणा राखे ।

Lama collectio News Middle

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पार्क निर्माण गरी सञ्चालनमा आएसँगै यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाद्धारा संयुक्तरुपमा निर्माण गरिने ८० फिट अग्लो राष्ट्रिय झण्डासहितको सो पार्कका लागि चार करोड लाग्ने महानगरका प्रमुख इञ्जिनीयर शोभियत खड्काले जानकारी दिए ।

उनका अनुसार उक्त रकममध्ये आलू आर्थिक वर्षमा दुवै सरकारबाट ५०÷५० लाख विनियोजन गरी पहिलो चरणको काम गर्न बिनु कन्स्ट्रक्सनलाई ७६ लाखमा जिम्मा दिइएको छ ।फेवा बाँधको निकट रहेको उक्त पुरानो पर्यटकीयस्थल ड्यामसाइडस्थित करीब सात रोपनी जग्गामा निर्माण गरिने पार्क पुग्न पहिलो चरणमा फेवा नहरमा पक्की पुलनिर्माण गरिनाका साथै टिकट काउण्टर, रेष्टुरेष्ट, पानीका फहरा, फुटट्र्याक, बाल उद्यानलगायत विभिन्न संरचना तयार गरिने छ ।

शिलान्यास समारोहमा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, सामाजिक विकासमन्त्री नरदेवी पुन र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको सहभागिता थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery