www.tandavnews.com
Fact ~ In search of truth

रमणको शब्द र स्वरुपराजको स्वर रहेको गीत ‘आमा’ सार्वजनिक (भिडियो)

पाेखरा
ताण्डव न्यूज ।

जन्म दियौ आमा तिमिले, कर्म राम्रो दियौ
सारा खुशी मलाई दिइ, दुख आफै लियौ ।।

सन्तानकालागि आमाको त्याग, आमा बाहेक अरुले सायदै बुझ्लान् । ९ महिना कोखमा राखेर संसार देखाउने आमाको अपरम्पार महिमाबारे जति नै सप्रसङ्ग गरिएपनि टुङ्गीदैन । तर पनि आमाको त्याग,माया,ममताबारे चित्रण गर्ने प्रयास जारी छ ।

Batas

यहि प्रयास गरेका छन् रमण पौडेलले । माथि उल्लेखित हरफ पौडेलले सिर्जना गरेको गितको अंश हो ।

आमाहरुमा समर्पित यस गितमा मेलोडि किङ्गका रुपमा चर्चित गायक स्वरुप राज आचार्यले स्वर दिएका छन् । टेक नारायण चापागाईको संगीत भरेका छन् ।

यस गितको भिडियोमा पौडेल स्वयंले अभिनय गरेका छन् । पौडेलसँगै रश्मी भट्ट र हर्मन कंडेल छन् ।

जनता डिजिटल एण्ड फिल्मस्को ब्यानरमा निर्मित भिडियोमा छायांकन दिपक गिरी र सम्पादन अमृत चापागाईले गरेका छन् । थ्रि स्टार मिडिया प्रालीले गितको बजारीकरण गरेको छ । थ्रि स्टार मिडियाकै युट्युब च्यानल मार्फत गित रिलिज गरिएको छ ।

हेर्नुहाेस् भिडियाे

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.