www.tandavnews.com
Fact ~ In search of truth

शालीग्राम सङ्ग्रहालय निर्माण भदौ महीनाभित्रै सक्ने योजना

बागलुङ ।

बागलुङ नगरपालिका–४ कुडुले फेदीमा सुरुङभित्रै निर्माण हुन लागेको शालीग्राम सङ्ग्रहालयको काम तीव्र गतिमा अघि बढेको छ । आगामी भदौ महीनाभित्रै सक्ने योजना बनाइएर कामलाई तीव्रता दिइएको हो । यो सङ्ग्रहालयको गत भदौमा शिलान्यास गरिएको थियो ।

सुरुङभित्रै कालीगण्डकी सभ्यता देखाउने भन्दै थालिएको काम तीव्र गतिमा अगाडि बढेको हो । करोडौँ खर्च लाग्ने अनुमान भए पनि ऋण र दानको भरमा निर्माणलाई निरन्तरता दिइएको सङ्ग्रहालय निर्माण अभियानका संरक्षक ऋषि प्रपन्नाचार्यले बताए ।

Batas

यहाँभित्र १०० मिटर लामो सुरुङ खनिसकेपछि नदीको बहाव र शालीग्राम राख्ने संरचना निर्माण भइरहेको हो । यो संरचनाले हजारौँ धार्मिक पर्यटक आउने विश्वास पनि गरिएको छ ।हाल यहाँको मुक्तिनाथ वेद विद्याश्रममा राखिएका सबै शालीग्राम सुरुङभित्र लगेर राख्ने योजना छ । सुरुङभित्र वर्षात् लागेपछि पानी रसाउने भएकाले अघि नै काम गर्ने योजना बनाइएको हो । पानी परे पनि असर नगर्ने काम मात्र असारपछि गरिने उनले बताए ।

यो सुरुङमा पसेपछि नदी किनारका सबै दृश्य देख्न पाउने गरी डिजाइन भएको छ । त्रिशूल आकारको सुरुङ र भित्री काम सम्पन्न गर्दा छ करोड रुपैयाँ बढी खर्च हुने अनुमान गरिएको छ । यहाँ एक लाख शालीग्राम व्यवस्थित रुपमा रहने सङ्ग्रहालय बन्नेछ ।

योजना पूरा भएमा मासिक एक लाख पर्यटक भित्र्याउन सकिने अनुमान छ । बागलुङ नगरपालिकाले यो अभियानमा साथ दिने वडाध्यक्ष ध्रुवबहादुर केसीले बताए । “यो पूर्वाधार बनिसक्दा भारतीय पर्यटकको बढी आकर्षणको गन्तव्य हुने भएकाले हामी सहयोग गरेर सफल बनाउँछौँ”, केसीले भने, “पर्यटनका लागि वडाले पनि योजना र लगानी गरिरहेको छ ।” रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.