www.tandavnews.com
Fact ~ In search of truth

‘असार भित्रमा यहाँ पानी आउँछ, लेखेर राख्नुस्’ : मन्त्री बस्नेत

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा बिकास मन्त्री रामशरण बस्नेतले पोखरा महानगरपालिका–२० भलामको हरिहर गुफाको संरक्षणमा प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।

हरिहर गुफा सन्यास आश्रमको १ सय ७० औं बार्षिकोत्सबको अवसरमा आज (शनिबार) आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले महानगरमै रहेरपनि ओझेलमा परेको गुफाको प्रबद्र्धन, बिकास र संरक्षणमा प्रदेश सरकारले सहयोग गर्ने बताएका हुन् ।
उनले बत्ति मुनिको अध्यारो भन्ने उखानको चरितार्थ महानगरकै खोला वारी र पारीको बिकासमा देखिएको भिन्नताले पुष्टि गरेको बताए ।

Batas

एउटै महानगर भित्र बिकासको हिसाबले अत्यन्तै भिन्नता रहेको भन्दै ऐतिहासिक महत्व बोकेको हरिहर गुफाको संरक्षणमा महानगरको बिशेष चासो हुनुपर्ने उल्लखे गरे ।  मन्त्री बस्नेतले वडा नं २० कै महत्वपुर्ण धार्मिक स्थल बन्ने बताउँदै प्रचारप्रसारमा जोड दिन वडालाई आग्रह गरे ।

मन्त्री बस्नेतले गुफाको बिकास हुन सकेको खण्डमा स्थानियको जनस्तर उकासिन सघाउ पुग्ने बताए । “१ सय ७० औं बार्षिकोत्सब मनाईरहदा गुफा संरक्षणमा लाग्ने अग्रजहरुलाई म धन्यवाद दिन चाहान्छु, उनले भने – “अब यस्तो खालको कार्यले गुफाको बिकास हुन सक्दैन अब योजनाबद्ध ढङ्गले लाग्नुस् म सहयोग गर्न प्रतिबद्ध छु ।”

उनले उक्त ठाउँमा भएको मोटरबाटो र खानेपानीको समस्यालाई यथाशिघ्र समाधान गर्ने बताए । “असार भित्रमा यहाँ पानी आउँछ, उनले भने– “यो कुरा लेखेर राख्नुस, म तपाईहरुको अगाडि उभिएर भनेको छु ।” उनले बिकासलाई खोलाको दुरी घटाउन नहुने बताउदै महानगरको वडा नं १६ र २० लाई जोड्ने सडकखण्ड ३ बर्षमा पक्की बन्ने धारणा समेत ब्यक्त गरेका थिए ।

त्यस्तै वडा नं २० का अध्यक्ष सिम गुरुङले ओझलमा रहेको हरिहर गुफाको ऐतिहासिक तथा छुट्टै धार्मिक महत्व रहेको उल्लेख गरे । वडाको सबैभन्दा पुरानो र महत्व बोकेको गुफा भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताए ।

उनले आगामी आर्थिक बर्ष २०७६÷०७७ मा बिशेष योजना सहित बजेट बिनियोजन गर्ने धारणा राखे । उनले हरेक बर्ष बाल चतुर्थीको दिन आयोजना हुने कार्यक्रमलाई आगामी बर्षदेखी ३ दिन सम्म मेलाको रुपमा सञ्चालन गरेर गुफाको प्रबद्र्धन गर्ने लक्ष्य रहेको समेत बताएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा तथा प्रभा कोईरालाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा धरहरा आमा समुह पोखरा महानगरपालिका ११ फुलबारीद्वारा हरिहर गुफा संन्यास आश्रममा आश्रित बृद्धाहरुलाई खाद्य तथा जिन्सी सामाग्री सहयोग हस्तान्तरण समेत गरिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.