www.tandavnews.com
Fact ~ In search of truth

जेठ ८ गतेदेखि पोखराबाट भारतको देहरादुनसम्म सिधा बस संञ्चालन हुने

पोखरा,
ताण्डव न्यूज ।

पृथ्वी राजमार्ग बस संचालक समितिले पोखरा र देहरादुन सम्म जाने सिधा बस सेवा सञ्चालन गर्ने भएको छ ।

पोखराबाट हप्ताको एक दिन बुधबार बस सेवा संञ्चालनमा ल्याउन लागेको पृथ्वी राजमार्ग बस संचालक समितिका अध्यक्ष ऐन कुमार साईले बताए । ‘बस बिहान ११ः३० बजेदेखि चल्नेछ,’ उनले भने, ‘बस नारायणगढ, बुटवल, महेन्द्रनगर, बनबास, रुद्रपुर, हरिद्धार, ऋषिकोश हुँदै देहरादुन पुग्नेछ ।’

Batas

भारतको नयाँदिल्लीसम्म सेवा दिदै आएको मोर्डन एरा टुर्स एण्ड ट्राभल्सले १२ बर्षपछि देहरादुन बस सेवा संञ्चालनमा ल्याउन मोर्डन एरा टुर्स एण्ड ट्राभल्सका संचालक केशवप्रसाद अधिकारीले बताए ।‘बस सेवा जेठ ८ गतेदेखि सुरु हुनेछ,’ उनले भने, ‘यो सेवाले नेपालबाट भारतका विभिन्न तिर्थस्थलहरुमा जाने नेपालीहरुलाई सहज हुनेछ ।’

पोखराबाट देहरादुन जानको लागि प्रतियात्रु रु ४ हजार ३ सय २० लाग्नेछ । बुधबार पोखराबाट गएको बस देहरादुनबाट शनिबार फर्किने समितिले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.