www.tandavnews.com
Fact ~ In search of truth

वीरगञ्ज स्थित एभिन्यूज टि.भीको कार्यालय तोडफोड

वीरगञ्ज ।

वीरगञ्जमा रहेको एभिन्यूज टेलिभिजनको कार्यालयमा आज युवाको एक समूहले तोडफोड गरेका छन् । वीरगञ्ज महानगरपालिका–११ नेशनल टे«डिङ चोक नजिकै रहेको एभिन्यूजको कार्यालयमा छ÷सात जनाको सङ्ख्यामा गएका युवाको समूहले तोडफोड गरेका हुन् ।

मुख ढाकेर आएका युवाले गरेको आक्रमणमा कार्यालयको गेटको सिसा, ब्यानरलगायतमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ । तोडफोड गर्नेमध्येका केही युवाको पहिचान भएको र उनीहरुको खोजी भइरहेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले टेलिभिजन कार्यालयमा जडान भएको सिसी टिभीमा देखिएको तस्बीरको छानबिन भइरहेको र चाँडै घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याई छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

Batas

सो घटनाको नेपाल पत्रकार महसङ्घ प्रदेश नं २ र पर्सा शाखाले आजै विज्ञप्ति प्रकाशित गरी भत्सर्ना गरेको छ । साथै घटनामा संलग्नलाई कारवाहीको माग गरिएको छ । अन्तरवार्ताको विषयलाई लिएर भएको सो आक्रमणको भत्सर्ना गर्दै महसङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानले संलग्नलाई कारवाहीको माग गरेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.