www.tandavnews.com
Fact ~ In search of truth

कानून बाझिने गरी आउने विद्येयक स्वीकार्य छैन :प्रेस युनियन कास्की

पोखरा,
ताण्डव न्यूज ।

संसदमा प्रस्तुत गर्ने तयारीमा रहेको आमसञ्चार विधेयकको मस्यौदाप्रति नेपाल प्रेस युनियन कास्कीको गम्भीर ध्यानाकर्षण भएको छ ।

अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरि संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकप्रति युनियनको ध्यानाकर्षण भएको हो । पत्रकारलाई समस्या हुनेगरि संसदमा पेश भएको विद्येयक विरुद्ध युनियनले आन्दोलन गर्ने भएको छ । प्रेस युनियन कास्कीले मिडिया काउन्सिल र आमसञ्चार विद्येयक विरुद्ध प्रमुख जिल्ला अधिकारीमार्फत प्रतिनिधी सभाका सभामुखलाई ज्ञापनपत्र बुझाएको छ ।

Batas

युनियनले कानून बाझिने गरी आउने विद्येयक स्वीकार्य नहुने भन्दै ज्ञापनपत्र बुझाएको हो । युनियनले पत्रकारलाई निरुत्साहित गर्ने रणनिती सहित बनाइएको विधेयकको मस्यौदा परिमार्जन र संशोधन गर्न युनियनले माग गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.