www.tandavnews.com
Fact ~ In search of truth

गृहीणिको रोजाईमा ‘कम्पोष्ट मल बिन’

पोखरा
ताण्डव न्युज ।

घरेलु फोहोरको उचित व्यवस्थापनका गर्दै फोहोरलाई मल बनाउने भाँडा ‘कम्पोष्ट मल बिन’ महिलाहरुको रोजाई बन्दै गएको छ । भान्छाको फोहोरको व्यवस्थापन हुने र त्यहि फोहोर कुहिएर मल भएपछि कौशि तथा करेसाबारिमा लगाइएको तरकारीलाई मल पनि पुग्ने भएपछि यसतर्फ गृहीणिहरुको आकर्षण बढेको हाे ।

१५ सय रुपैयाँ पर्ने कम्पोष्ट मल बिनमा वडा कार्यालयले उपभोक्ताहरुलाई आधा मुल्य  छुट गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ ले वडा अन्तर्गतका विभिन्न समुहहरुलाई यो भाँडा वितरण गरिसकिएको छ । यसको माग बढ्दै गएपछि विहिबार सिमलचौरस्थित प्रतिभा मिलन आमा समुहका सदस्यहरुलाई यो भाँडा वितरण गरिएको छ ।

Batas

वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालले एक समारोहका विच समुहमा आवद्ध ५५ जनालाई कम्पोष्ट मल बिन वितरण गरेका हुन् । कार्यक्रमका बोल्दै वडाध्यक्ष बरालले वितरण गरिएको भाँडालाई आफ्नैं सम्झिएर जतनका साथ प्रयोग गर्न आग्रह गरे । वडामा सडक विस्तार लगायत भौतिक विकासका थुप्रै कार्यहरु भएको उल्लेख गर्दै अब वातावरण तथा आत्मानिर्भर सम्बन्धि कार्यक्रमलाई पनि वडाले प्राथमिकतामा राखेको जनाए ।

कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया, कृषि महाशाखा वडा ८ सञ्जालका संयोजक सरस्वती थापा, वडासदस्य पुष्पराज सिग्देल लगायतले कौशि खेती तथा कम्पोष्ट मल बिनको महत्वका बारेमा प्रकास पारेका थिए । प्रतिभा मिलन आमा समुहका अध्यक्ष कमलाकुमारी शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.