www.tandavnews.com
Fact ~ In search of truth

धम्पुसमा भेनाले गरे सालाको ढुंगाले थिची हत्या

पोखरा,
ताण्डव न्यूज ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा घरायसी विवादले हत्या निम्त्याएको छ ।

गाउँपालिकाको वडा नं. ७ धम्पुसमा सामान्य विवाद हुदाँ भेनाजुले सालाको हत्या गरेका हुन् । धम्पुुस ओखरबोटका अन्दाजी ६६ वर्षीय सन्ते विकले ढुंगा प्रहार गरी ५२ वर्षीय साला मानकाजी विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

विहान १० बजे नातिनीलाई स्कुल पुर्याएर फर्कने क्रममा बाटो कुरेर बसेका सन्तेले सालालाई ढुंगाले थिचेर हत्या गरेको प्रहरीले बताएको छ । हत्यारा सन्तेलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.