www.tandavnews.com
Fact ~ In search of truth

लमजुङमा स्थानीय सरकारद्वारा मोटरेवल पुल निर्माण

लमजुङ ।

गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङमा स्थानीय सरकारद्वारा एक मोटरेवल पुल निर्माण गरिएको छ ।

बेसीँशहर नगरपालिकाले नगरभित्र पक्की संचरना बनाउने अभियानअन्तर्गत बेँसीशहरको झ्याङखोलास्थित विद्या विकास विद्यालय नजिकै वडा नं ८ मा रहेको मोटरेवल पुल निर्माण गरेको हो ।

Batas

पुल निर्माण सम्पन्नसँगै शनिबार नगरप्रमुख गुमानसिंह अर्यालले बेसीँशहरको झ्याङखोलामा रहेको पुलको उद्घाटन गर्दै अब नगरपालिका पक्की संरचना बनाउने अभियानमा लागेको बताए । वडा नं ८ का वडाध्यक्ष पवित्रा थापाले समृद्ध बेँसीशहर निर्माणमा नगरवासीको हातेमाले गर्दै अघि बढेकाले जनप्रतिनिधिलाई काम गर्न उत्साह मिलेको बताए ।

झ्याङखोलाको मोटरेवल पुल नहुँदा सवारीसाधनलगायत पैदलयात्रीलाई आवतजावतमा समस्या हुँदै आएको थियो । विषेशगरी झिङ्गेखोलाले सास्ती दिँदै आए पनि पुल निर्माण भएसँगै स्थानीयवासी खुसी भएका छन् ।झ्याङखोलस्थित पुल बेँसीशहर नगरपालिकाको ११ लाख र श्रमदान एक लाख १० हजार गरी कूल १२ लाख १० हजारमा पुल निर्माण भएको निर्माण समितिका अध्यक्ष गोकुल रावलले बताए ।

त्यसैगरी नगरपालिकाले गत वर्षको योजनाबाट बेसीँशहर नगरपालिका वडा नं २ मा रहेको भकुण्डे–राक्से–सानो धिमिरे सडकखण्डमा पर्ने खहरेखोलामा झण्डै ३० लाखको लागतमा मोटरेवल पुल निर्माण गरिसकेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.