www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका सांसद खगराज अधिकारीले सोधे, ‘सभामुख महोदय होलीवाईन पहिले कस्ले चाख्यो ?’

ताण्डव न्यूज ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले नेपाली जनतालाई गुमराह र भ्रममा राख्न कांग्रेसले प्रयास गरिरहेको बताए । स‌‌सदमा बाेल्दै उनले होली वाइन र गुठीका विषयमा  कांग्रेसले  भ्रम सिर्जना गरेकाे अाराेप लगाए ।    उनले भने, ‘गुमराहमा पार्न र भ्रम सिर्जना गर्न काविल भएका छौं । होली वाइनका डा. मुनलाई पहिलो स्वागत कसले गर्यो सभामुख महोदय । होली वाइन हो भने होली वाइन पहिला कस्ले चाख्यो । यो पनि यहा प्रष्ट हुनुपर्छ सभामुख महोदय ।’

उनले कांग्रेसले धर्म बिर्सेको आरोप पनि लगाए ।  ‘नेपाली कांग्रेसको सरकारले गुठीलाई रैकरमा १६० रुपैयाँ लिएर जमिनदारका नाममा सयौं विघा उसका नाममा दर्ता गर्दा धर्म सस्कृति कहाँ हरायो सभामुख महोदय धर्म सस्कृति र कला साहित्यका लागि निरन्तर लडिरहेको नेपाल कम्युनिष्ट पार्टीका बारेमा बोल्नेहरुले एकचोटी आफ्नो अनुहार हेर्नुपर्दछ ।’

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.