www.tandavnews.com
Fact ~ In search of truth

सहकारीको लागि उपयुक्त ऐन तयार होस् : केदारनाथ उप्रेती

राष्ट्रिय सहकारी बैकको उद्देश्य के हो ?

राष्ट्रिय सहकारी बैंक आज भन्दा करिब १४ बर्ष अगाडी २०६० साल असार २५ गते देशभर रहेका सहकारीलाई एउटा वैकिङ सेवाको साथ–साथै विभिन्न तालिमहरु सञ्चालन गर्ने र सम्पूर्ण वैकिङ सेवा दिने उद्देश्यले स्थापना भएको बैक हो ।

राष्ट्रिय सहकारी वैंक स्थापना हँुदै गर्दा नेपाल सरकारको समेत स्वमित्यवमा तत्कालिन समयमा नेपाल सरकारको १ करोड विउ पूँजी र अन्य सहकारी संघ संस्थाको पनि सहभागिता थियो । यसको मुख्य उद्देश्य भनेको सहकारी संस्थाहरुको व्यवसायिक प्रर्वद्धन र विकास गर्नु हो ।

Batas

के कस्ता योजनाहरु छन् ?

राष्ट्रिय सहकारी बंैकले देशभर अहिले शाखा विस्तारमा विशेष जोड दिएको छ । हामीले देशभर ४५ शाखा विस्तार गरी सेवा दिएर अघि बढेका छौ । हाम्रो योजना सहकारीलाई कसरी स्थायित्व र गुणस्तर अभिवृद्ध गर्न सकिन्छ भन्ने हो ।

राष्ट्रिय सहकारी बैकसँग सहकारी संस्थाले हातेमालो गरेर अघि बढ्नु पर्छ । सहकारी संस्थाका आवश्यकताहरु पूरा गर्न, क्षमता, ज्ञान सीप अभिवृद्धी, व्यवसायिक वृद्धीको लागि पूँजीको अभाव नहोस् भनेर पूँजी परिपूर्ती गर्न मिलेर अघि बढ्ने राष्ट्रिय सहकारी बैकको मुख्य योजना हो ।

सहकारी संघस्थालाई के भन्न चाहनुहुन्छ ?

राष्ट्रिय सहकारी बैक भनेको एउटा विशुद्ध सहकारी संस्थाको लागि मात्र संस्थापन भएको बैंक हो । सहकारी संघ संस्थाकै पहलमा नेपाल सरकार समेतको स्वमित्वमा स्थापना भएको बैंक हो ।

जति राष्ट्रिय सहकारी बैकको विकास गर्न सक्यौ, यसको सेवा विस्तार गर्न सक्यो त्यतिनै सहकारी संस्थाहरुलाई फाइदा हुन्छ । त्यही भएर सबै सहकारीले यस बैक मार्फत कारोवार गरिदिनु हुन र आवश्यक पर्दा सहयोग पनि यही बैकबाट लिन म सबैलाई अनुरोध गर्दछु ।

आगामी योजनाहरु के के छन् ?

हाम्रो नेटवर्क ७० जिल्लामा छन् । हामीले कम्तीमा एक जिल्ला एक शाखा स्थापना गर्ने लक्ष्य लिएका छौ । यो वर्षपनि हामीले ७ वटा शाखा राष्ट्र बैंकबाट स्वीकृत लिएका छौ । जसमध्ये हामीले ३ वटा शाखाबाट कारोवार सुरु गरिसके छौ भने अन्यमा काम हुँदै छ ।

आगामी दिनमा प्रत्येक सहकारीलाई राष्ट्रिय सहकारी बैकको आभाष हुने गरि प्रत्येक जिल्लामा बैक शाखा स्थापना गर्ने हाम्रो विशेष योजना छ ।

६१ राष्ट्रिय सहकारी दिवसको अवसरमा के भन्न चाहनुहुन्छ ?

सहकारी दिवस मनाई रहदा सहकारी मैत्री ऐन आओस भन्न चाहन्छु । हाम्रो पुरानो सहकारी ऐन २०४८ विस्तावित गरेर सहकारी ऐन २०७४ भर्खरै जारी भएको छ ।

देशपनि पुन संरचनामा संघीयतामा गएको वेला सम्पूर्ण अधिकारी स्थानीय तहमा हुने भएकालाई सहकारीले स्थानीय निकाय र सम्पूर्णलाई सहकारीको बारेमा जानकारी दिन सकोस् । स्थानीय प्रतिनिधिसँग छलफल गरेर सहकारीको लागि उपयुक्त ऐन तयार होस भन्न चाहन्छु ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.