www.tandavnews.com
Fact ~ In search of truth

सेफ अफ दि इयरका लागि गण्डकी प्रदेशबाट दुई जना छनोट

पोखरा ।

मुलुकभर लुकेर बसेको प्रतिभालाई उत्प्रेरित गर्दै नयाँ र मौलिक क्षमता वृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको सेफ अफ दि इयरका लागि गण्डकी प्रदेशबाट दुई जना छनोटमा परेका छन् ।

प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, राष्ट्रिय सीप परिक्षण समिती, नेपाल व्यावसायिकता योग्यता निर्धारण प्रणाली परियोजना, स्विस कन्टयाक्ट तथा नेपाल सरकार र स्विस सरकार बिकास सहयोगद्वारा संयुक्तरुपमा नेपाल मै पहिलो पटक आयोजना गरेको राष्ट्रिय पाककला प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट पुर्णभक्त दाहाल र विशेषमान बुद्धचार्य छनोटमा परेका हुन् ।

Batas

पोखराको गेट भोकेशनल फ्याब स्कुलमा भएको छनोट प्रकृयामा गण्डकी प्रदेशका विभिन्न होटल तथा रेष्टुरेन्टमा कार्यरत करिव २२ जना कुकहरुको सहभागीता थियो ।प्रतियोगीताको गण्डकी प्रदेश छनोट चरणमा प्रमुख पाकसास्त्री सेफ राजकुमार लामा र सेफ राजेन्द्र पौडेलले अन्तरबार्ता र सीपकला परिक्षणका माध्यमबाट पुर्णभक्त र विशेषमानलाई छनोट गरेका हुन् ।

गण्डकी प्रदेशबाट छनोट भएका दुवै जनाले यहि असार ६ गते पोखराको गेट भोकेशनल फ्याब स्कुलमा हुने फाइनल प्रतियोगीतामा सहभागिता जनाउनेछन् ।सातै प्रदेशबाट अन्तिम १४ मा पर्न सफल प्रतियोगीहरु बिच प्रतिष्पर्धा गराई यस वर्षको सेफ अफ द इयर घोषणा गरिने छ ।

प्रतियोगीतामा प्रथम हुनेले नगद १ लाख, द्धितियले नगद ७५ हजार र तृतिय हुनेले नगद ५० हजार सहित विभिन्न उपहार प्राप्त गर्ने गेट भोकेशनल फ्याब स्कुलका प्रबन्धक विवेक पौडेलले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.