www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रपति रनिङ शिल्डको उपाधि टप्सलाई

पोखरा।

पोखरा महानगरपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि पोखरा–१० रामघाटमा अवस्थित टप्स इङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ ।

पोखरा महानगरपालिकाको आयोजनामा भएको प्रथम राष्ट्रपति रनिङ शिल्ड, अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता २०७६ को उपाधि टप्सले आफ्नो पोल्टामा पार्न सफल भएको हो ।२०७६ जेठ ३१ गतेदेखि असार २ गतेसम्म पोखरा रङ्गशालामा आयोजना गरिएको सो प्रतियोगितामा पोखरा महानगरभित्रका संस्थागत र सरकारी गरी सयभन्दा बढी विद्यालयको सहभागिता रहेको थियो ।

Batas

प्रतियोगितामा उसु, एथ्लेटिक्स, छात्र÷छात्रा भलिबल , कब्बड्डी लगायतका खेल खेलाइएको थियो । उक्त प्रतिस्पर्धामा ९ स्वर्ण सहित टप्स यस वर्षको च्याम्पियनसिप बनेको हो ।प्रतियोगितामा पोखरा महानगर भित्रका विद्यालयमा अध्ययनरत कक्षा १२ सम्मका विद्यार्थीहरुहरुले सहभागिता जनाएका थिए ।

रनिङ शिल्डमा उत्कृष्ट खेल प्रदर्शन गरी विजेता बन्न सफल विद्यार्थी खेलाडीहरुलाई सोमबार बेलुका विशेष समारोह बिच पुरस्कार, ट्रफि र मेडल प्रदान गरिएको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.