काठमाडौं ।
सरकारले जनतालाई महशुस हुने गरि काम गर्न नसकेको भन्दै काँग्रेस सभापति देउवाले सरकारलाई ढलाई छाड्ने जिकिर गरेका छन् ।
कांग्रेसका सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार तानाशाही शैलीमा चलेको भन्दै सरकार ढाल्ने चेतावनी दिएका हुन् ।
स्थानीय तह कर्मचारी युनियनको प्रथम राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसले सडक र सदनबाट आन्दोलन गर्ने तयारी गरेको बताए ।
मानवअधिकार आयोगमा सरकारले गरेको हस्तक्षेप सैह्य नहुने देउवाले बताएका छन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.