www.tandavnews.com
Fact ~ In search of truth

३ महिनापछि आजदेखि २१ घण्टा सञ्चालनमा त्रिभुवन विमानस्थल

काठमाडौं ।

विगत ३ महिनादेखि दैनिक १० घण्टा मात्रै सञ्चालनमा आएको त्रिभुवन विमानस्थल पुन २१ घण्टा संचालनमा आएको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको हो।३ हजार मिटर लामो धावन मार्गमा नयाँ कालोपत्र गर्ने काम भइरहेकाले विमानस्थल १० घण्टा मात्रै सञ्चालनमा आएको थियो । कालोपत्रेको काम सकिएसँगै विमानस्थल पुर्वत्रुपमै दैनिक २१ घण्टा नै सञ्चालनमा आएको हो ।

विमान उड्नु अगाडि प्रयोग गर्ने मार्ग र विमानस्थलको भित्रि सडकको निर्माणको काम २ महिनापछि सुरु हुने विमानस्थल स्रोतले जनाएको छ ।झन्डै ४० वर्षपछि देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको धावनमार्गमा नयाँ कालोपत्रे गरिएको हो

चिनियाँ निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको उक्त धावनमार्ग कालोपत्रेको काम तोकिएकै समयभित्र सकिएको अधिकारीहरूको भनाइ छ ।त्रिभुवन विमानस्थलमा दैनिक औसत ४ सय पटक उडान र अवतरण हुने गर्दछन् ।

नयाँ कालोपत्र गरिएसँगै कम्तिमा अबको १० वर्षका लागि विमानस्थलमा विमान उडान र अवतरणमा हुँदै आएका समस्या अन्त्य भएको दाबी विमानस्थल कार्यालयले गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.