www.tandavnews.com
Fact ~ In search of truth

राजीव गुरुङ नेकपा प्रवेश : गण्डकी प्रदेशमा नेकपाको पुग्यो दुईतिहाई

पोखरा ।
गण्डकी प्रदेश सरकारमा नेकपाको दुई तिहाई सिट पुगेको छ । बिहीबार प्रदेशका एक मात्र मनाङ ख बाट निर्वाचित स्वतन्त्र सांसद राजीब गुरुङ नेकपा प्रवेश गरेपछि गण्डकीमा नेकपाको दुई तिहाई बहुमति पुगेको हो ।

हाल प्रदेशसभामा नेकपाका ३९, कांग्रेस १५, राष्ट्रिय जनमोर्चा २ (एकजनाको निधन भएको), समाजवादी पार्टी (नयाँ शक्ति) २ र स्वतन्त्र सांसद १ जना रहेका छन् ।

६० सांसद भएको गण्डकी प्रदेश सभामा नेकपाको अब ४० सांसद भएका छन् । नेकपामा नवप्रवेशी सांसद मनाङेलाई प्रदेश मुख्यमन्त्री तथा नेकपा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले अबिर र माला लगाएर पार्टीमा स्वागत गरेका हुन् । मनाङे प्रदेशको अर्थ तथा विकास समितिको सदस्य समेत हुन् । यस अघि पनि उनी प्रदेश सभामा सरकारको समर्थन गर्दै सत्ता पक्षकै रो मा बस्दै आएका थिए ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.