www.tandavnews.com
Fact ~ In search of truth

पूर्वप्रधानमन्त्री नेपाल र श्रीलङ्काली नेताहरुबीच भेटघाट

काठमाडौं ।

श्रीलङ्का भ्रमणमा रहेका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटघाट गरेका छन ।

उनी श्रीलङ्का कम्युनिष्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन कोलम्बो पुगेका थिए ।

बिहीबार वरिष्ठ नेता नेपाल र श्रीलङ्काका प्रधानमन्त्री रनिलविक्रम सिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलङ्का कम्युनिष्ट पार्टीका अध्यक्ष राजाको लुरलगायतसँग भेटघाट भएको नेकपाका नेता विष्णु रिजालले जानकारी दिए ।

Lama collectio News Middle

भेटका अवसरमा नेपाल र श्रीलङ्काबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलङ्काबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो ।

लामो समय द्वन्द्व भोगेका दुवै मुलुकका नेताहरुले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभवका बारेमा चर्चा गरेका थिए ।भेटघाटमा श्रीलङ्कास्थित नेपाली राजदूत डा विश्वम्भर प्याकुरेलको सहभागिता थियो ।

असार २३ गते कोलम्बो प्रस्थान गरेका वरिष्ठ नेता नेपाल असार २९ गते स्वदेश फर्किने कार्यक्रम छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery