www.tandavnews.com
Fact ~ In search of truth

बगरमा २ करोडको ‘जिम टाउन स्पोर्ट्स एकेडेमी’

उद्घाटन गर्दै मुख्यमन्त्रीले भने– ‘बगर स्वस्थ्य टोल बनोस्’

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्युज ।

पोखराको बगरस्थित २ करोड लागतमा निर्मित जिम टाउन स्पोर्ट्स एकेडेमी (व्यायामशाला) संंचालनमा आएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज (मंगलबार) उद्घाटन गरे ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले बगरबासीहरु स्वस्थ्य र निरोगी रहनमा नवसंचालित व्यायामशालाले महत्वपुर्ण भुमिका खेल्ने बताए । ‘बगर निरोगीहरुको टोल बनोस, स्वस्थ्य वडा बनोस्’ उनले भने, जिम हरेक ब्यक्तिको जिवनसँग जोडिन्छ त्यसैले निरोगी हुन व्यायामशाला जानुस ।’ उनले खेल क्षेत्रका युवाहरुले खेलकुदको बिकासमा टेवा पुग्ने गरी व्यायामशालमा लगानी गरेको एक उदाहरणीय कार्य रहेको उल्लेख गरे ।

Batas

मन्त्री गुरुङले फरक प्रसंगमा नेपाल भित्रिने पर्यटकहरु मध्ये ४० प्रतिशत पर्यटक पोखरा आउने भएकाले पर्यटनको राजधानी पोखरा रहेको बताए । उनले खेलकुदको राजधानी बनाउनका लागि समेत प्रकृतिले बरदान दिएको औल्याए । ‘शाहसिक खेलका लागि मात्र नभएर बिभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु यहाँ खेलाउन सकिन्छ, त्यो अनुसारको संरचनाहरु बन्न र प्रकृतिको बरदानलाई आफ्नो पक्षमा पार्न जरुरी छ, मन्त्री गुरुङले भने ।

पोखरामा दिनानुदिन सवारी चाप बढ्दो भएकाले ट्राफिक ब्यबस्थापनका लािग दुई÷चार बर्षमै पोखराको चार÷पाँच स्थानमा सवारी पार्किङ बनाईने समेत उनले बताएका थिए ।

त्यसैगरी गण्डकी प्रदेश सभा सदस्य दिपक कोईरालाले अझ पनि जिम प्रति नागरिकको भ्रम रहेको बताए । ‘जिम भनेको पैशा र समय हुनेले गर्नि हो भन्ने भ्रम छ, उनले भने, ‘जिम हरेक ब्यक्तिको लागि आवश्यक छ अपरिहार्य छ । जिम जाने बित्तिकै बडि बनाउने हो भन्ने भ्रम छ, त्यो होईन जिममा गएर आफुलाई आवश्यक पर्ने कसरत गर्न सकिन्छ, जो अस्पताल जान भन्दा अस्पताल नै जान नपर्ने गरी स्वस्थ्य, तन्दुरुस्त तथा फुर्तिलो रहन मद्दत पुग्छ ।’

उनले जिम हरेका खेलकुदसँग जोडिने बताउदै खेलाडीहरुको लागि अतिआवश्यक रहेको उललेख गरे । उनले फुटबल, क्रिकेट तथा मार्सलआर्टका खेलाडीहरुलाई आफ्नो खल अनुरुपनै कसरत गर्न जिम जानुपर्नेमा जोड दिए । पछिल्लो समय खानपान पनि उस्तै छ त्यसैलो बच्चा देखी पाकाहरुले पनि ब्यायाम गर्न आवश्यक देखिन्छ, कोईरालाले भने ।

शारिरीक सुगठन र व्यायाममा चाहना राख्नेहरुका लागि फिजिकल फिट्नेश र बडी बिल्डिङका (यन्त्र जडित) सहितको सामग्रीहरुलाई अफर सहित व्यायामशालाको रुपमा स्पोर्ट्स एकेडेमी संचालनमा ल्याइएको संञ्चालक बाबुराम सुबेदीले बताए ।

‘स्वस्थ्य नागरिक, समृद्ध नेपाल’ को अवधारणामा जिम सेन्टरलाई एकेडेमीकै रुपमा विकास गर्ने उद्देश्यल सहित संचालनमा ल्याईएको सुबेदीले जानकारी दिए ।

‘हामीले अमेरिकन तथा युरोपियन प्रबिधिमा निर्मित यान्त्रिक मेशिनहरुलाई जिम सेन्टरमा भित्राएका छौं, उनले भने ‘करिब २ करोड लगानीमा पोखरामै नयाँ मेशिनहरु हाम्रो एकेडेमीमा ल्याएका हौं ।’

१० जना प्रशिक्षकहरु रहने उक्त एकेडेमीमा मार्सल आार्टका खेलाडी बलराम सुबेदी, बाबुराम सुबेदी, गोबिन्द मल्ल र नबिन आचार्यको संयुक्त लगानी रहेको छ भने मासिक २ हजारमा व्यायाम गर्न पाउनेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.