www.tandavnews.com
Fact ~ In search of truth

स्पोर्टस् क्यासलमा ओपनिङ अफर

सुशान्त गाहा मगर
ताण्डव न्युज, पोखरा ।

पोखराको गणेशटोल स्थित सञ्चालनमा रहेको स्पोर्टस् क्यासलमा बिशेष अफर दिईएको छ । ओपनिङ अफर अन्तर्गत साउन महिनाभरी बिशेष छुट दिईएको क्यासलका सञ्चालक तथा एन्फा कास्कीका प्रथम उपाध्यक्ष एवम् पुर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर (चन्द्र) गुरुङले बताए ।

उनका अनुसार फुटसलमा बिहान ६ बजे देखी मध्यान्ह १२ बजे सम्म १ हजार ५ सय, १२ बजे देखी ३ बजे सम्म १ हजार २ सय र ३ देखी बेलुकी ८ बजेसम्म १ हजार ५ सय रुपैया निर्धारण गरिएको छ ।

Batas

त्यस्तै जिममा साउनभर प्रतिब्यक्ति २ हजार र भदौ देखी ३ हजार ५ सय शुल्क लाग्ने गुरुङले बताए ।
महिला लक्षित जुम्बामा पनि ओपनिङ अफर अन्तर्गत बिशेष छुट दिईएको जानकारी दिदै गुरुङले (एक महिनाको २ हजार) एक बर्षको २४ हजार निर्धारण गरिएको बताए । उनका अनुसार भदौमा ग्राण्ड ओपनिङ गरिने उक्त जुम्बामा भर्ना शुल्क भने लाग्नेछैन ।

चमेना गृहको समेत ब्यबस्था रहेको उक्त क्यासलमा प्रशस्त पार्किङको समेत सुबिधा रहेको अर्का सञ्चालक अनमोल पालिखेले बताए । पालिखेका अनुसार पछिल्लो समय लोकप्रिय बन्दै गएको फुटबलको परिवर्तित स्वरुप फुटसललाई बिशेष प्राथमिकताका साथ सञ्चालनमा ल्याईएको बताए ।

त्यस्तै अर्का युवा सञ्चालक पवन (पङ्के) गुरुङले उक्त क्यासल ६ करोड बढी लागतमा निर्माण गरिएको बताए । उनका अनुसार ७ रोपनी जग्गामा फुटसल सँगै अत्याधुनिक व्यायामशाला, जुम्बा, स्पा, चमेना गृह तथा मार्सल आर्ट सञ्चालनमा रहेका छन् ।

 

राष्ट्रिय फुटबल खेलाडी तथा साहरा क्लबका प्रशिक्षक बिष्णु गुरुङले फुटसल अन्तर्राष्ट्रिय मापडण्ड अनुसारनै निर्माण गरिएको बताए ।

‘अन्तर्राष्ट्रिय मापडण्ड अनुसारकै फुटसल हामीले निर्माण गरेका छौं ’ उनले भने ‘दाबाका साथ भन्ने हो भने पोखरामै स्पोर्टस् क्यासल जस्तो अन्य कुनै पनि स्पोर्टस् जोन व्यवस्थित र आधुनिक छैन, यसको अर्काे विशेषता भनेको पारिवारमैत्री हो ।’ फुटबल खेल्न सिक्नेहरुको लागि फुटसल राम्रो स्थान भएको उनले बताए ।

‘ग्रास रुट लेवलका बच्चाहरुलाई झन उपयोगी छ, कार्पेटमा खेलिने भएकाले सेफ्टी हुन्छ’ उनले भने, ‘फुटसल खेलेपछि मेहनतको परिभाषा सिक्छन्, अनुशासित र धैर्यवान् बन्छन, त्यसैले बच्चादेखि पाकाहरुलाई लक्षित गरि हामीले फुटसल सञ्चालनमा ल्याएका छौं ।’


क्यासलका महिला सञ्चालक तथा एन्फा कास्कीका कोषाध्यक्ष बिजया गुरुङले मासिक रुपमा खेल्ने बाहेक दैनिक ८ देखि १० खेलहरु बुक भैरहने बताए । नाफामूलक भन्दा सेवाप्रदायक क्यासल रहेको गुरुङले उल्लेख गरिन । गुरुङका अनुसार एक टिमबाट ६/६ गरी एकैपटक १२ जना खेल्न सक्नेछन् ।

गुरुङसँगै सो क्यासलमा राष्ट्रिय फुटबल खेलाडी नेपाल पुलिस क्लबका गोलरक्षक विशाल श्रेष्ठ, दीलिप कार्कीले संयुक्त लगानी गरेका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.