www.tandavnews.com
Fact ~ In search of truth

भारतसँग रेलमार्ग र जलमार्ग जोड्न सके व्यापार विस्तार हुनेःप्रधानमन्त्री ओली

पोखरा ।

रेलमार्ग र जलमार्गबाट दुई देशलाई जोड्न सके नेपाल –भारतबीचको देशीय व्यापार विस्तार गर्न सकिने प्रधानमन्त्री ओलीले बताएका छन् ।

ओलीले नेपाल– भारतलाई जलमार्गबाट छिट्टै जोड्न सके दुई देशबीचको व्यापार अझै विस्तार हुने बताएका हुन् । नेपाल–भारत लिजिष्टक समिटको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् ।

काठमाडौं–वीरगञ्ज रेलमार्गका डिपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिदैँ ओलीले नेपाल विकासशीलबाट विकसित मुलुकतर्फ पाइला चालेको बताए ।

भारतसँगको निर्यात व्यापार बढाउन सके विकासमा सहयोग पुग्ने ओलीले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.