
चितवन।
नारायणगढ–मुग्लिन सडकखन्डमा कन्टेनर र कार एकापसमा ठक्कर खाँदा कन्टेनर त्रिशूली नदीमा खसेको छ ।
इच्छाकामना गाउँपालिका–६, जलबीरेमा बुधबार भएको सो घटनामा परी कन्टेनरका चालक नदीमा बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन् ।कारमा सवार सबै सकुशल रहेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार बेपत्ता हुनेमा वीरगन्जका ३६ वर्षीय कम्लेश साह रहेका छन् ।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा२१च ११३३ नम्बरको कारलाई विपरीत दिशाबाट आउँदै गरेको ना७ख ३९३९ नम्बरको खाली कन्टेनरले ठक्कर दिँदा कन्टेनर अनियन्त्रित भइ त्रिशूलीमा खसेको हो ।कन्टेनर सडकबाट करिब ८० मिटर तल त्रिशूलीमा खसेको छ ।
कन्टेनरको अगाडिको भाग पानीमा डुबेको छ भने अरु पानीबाहिर रहेको प्रहरीले जनाएको छ ।घटनामा परी गम्भीर घाइते भएका सहचालक वीरगन्जका २० वर्षीय अजय साहको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।बेपत्ता चालक साहको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।कन्टेनरसँग ठक्कर खाने कार र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.