www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय पुरुष भलिबल टोलीले अफगानिस्तानसँग खेल्ने

काठमाडौं ।

आसन्न एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले अफगानिस्तानको राष्ट्रिय भलिबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने निश्चित भएको छ ।

नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता अघि अभ्यास राम्रो होस् भन्ने उदेश्यले नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने लागेको नेपाल भलिबल सङ्घले जनाएको छ ।

नेपालले अफगानिस्तानसँग यही साउन २९ र ३० गते काठमाडौँमा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । त्यस्तै एभिसी सेन्ट्रल जोन भने आगामी भदौ २ देखि ७ गतेसम्म सञ्चालन हुनेछ ।लगनखेलस्थित आर्मीको कभर्डहलमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक नेपालसहित साबिक विजेता तुर्कमेनिस्तान, अफगानिस्तान, बङ्गलादेश, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तान सहभागी छन् ।

उक्त प्रतियोगिताका लागि नेपालले राष्ट्रिय भलिबल टोलीको घोषणा गरिसकेको छ । जसमा इमबहादुर मगर (कप्तान), धनबहादुर भट्ट क्षेत्री, विशाल विक, टेकराज अवस्थी, हरिबहादुर अधिकारी र दुर्गा खड्का छन् ।त्यसैगरी दीपकराज जोशी, नरेन्द्र गिरी, राजेन्द्र विष्ट, राजकुमार निरौला, हरिहजुर थापा, कुलबहादुर थापा, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.