
ललितपुर ।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले नेपालका सबै युवालाई आफ्नो कर्तव्य र भूमिका बोध गरी राष्ट निर्माणमा अघि बढ्न आग्रह गरेका छन् ।
ललितपुरमा आज नेपाल युवा संस्था सञ्जाल (आयोन)ले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय युवा दिवस २०१९’को कार्यक्रममा युवामन्त्री विश्वकर्माले नेपाली समाजको वर्तमान गम्भीर चुनौती भनेकै युवामा नकारात्मक सोचको भावना बढ्दै जानुले समृद्ध नेपाल, सुखी नेपाली निर्माणमा प्रभाव पर्दै गएको धारणा राखे ।

उनले भने , “हरेक युवाले सकारात्मक सोच लिएर अघि बढेमा मुलुकले छिट्टै विकास र समृद्धि हासिल गर्ने छ।” राणाकालीन समय स्मरण गराउँदै मन्त्री विश्वकर्माले लखन थापा, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्रीजस्ता युवाले नेपाल र नेपालीको स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान दिएको चर्चा गरे ।
राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले शिक्षाको बहानामा रोजगारी खोजेर बाहिरिने युवाको क्रम बढ्दै भएकामा चिन्ता व्यक्त गरे । उनले भने , “नेपाली युवाको सोच विदेशी शिक्षा हासिल गरे माथि पुगिन्छ भन्ने छ, तर त्यो वास्तवमा सही होइन ।
आयोनले विगत १४ वर्षदेखि युवा अधिकार, युवा संस्था र युवा क्षमता अभिवृद्धिका थुप्रै काम गर्दै आएको छ । हाल देशमा रहेका ४०.३ प्रतिशत युवालाई तीन तहको सरकारमा अघि बढाउन आयोनले ११ बुँदे घोषणापत्र जारी गरेको छ । (रासस)
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.