
इटहरी ।
इटहरीमा प्रहरीले लागू औषध कारोबारी नेपाली सेनाका सेनानी मेजर पक्राउ परेका छन् ।
प्रहरीको करिब दुई महिना लामो निगरानीपछि इटहरी क्षेत्रमा लागूऔषध बेचबिखनमा संलग्न रहदैँ आएका मेजर अजितकुमार सिंह तथा प्रमोद चौधरी पक्राउ परेका हुन् । उनीहरु खैरो हिरोइन ( ब्राउन सुगर) बेचबिखनमा संलग्न भएको भन्दै पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय इटहरीले मेजर सिंह र सर्वसाधारण चौधरी पृतनाको गेट नजिकबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार कैलालीका सिंह आफू समेत खैरो हेरोइनका नियमित प्रयोगकर्ता हुन्। प्रहरीले दुवैलाई हिरासतमा राखेर कारबाही गर्नेछ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.