www.tandavnews.com
Fact ~ In search of truth

३४ किलो चरेससहित एकजना पक्राउ

मलेखु।
धादिङको गल्छी गाउँपालिका–८ बाट ३४ किलो पाँच सयग्राम चरेशसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान धादिङ गजुरी गाउँपालिका–८ किरानचोकका ३२ वर्षीय वीरबहादुर तामाङलाई पृथ्वीराजमार्गको सुत्केरीढुङ्गा भन्ने ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

कोटेश्वरबाट आएको प्रहरी टोलीले लुकाएर राखेको ठाउँबाट चरेस फेला पारेको र तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । गत सोमबार पनि धादिङको थाँक्रे गाउँपालिका–२ समटारबाट आठ किलो पाँच सय ग्राम चरेससहित मकवानपुरको थाहा नगरपालिका–८ की लक्ष्मी पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

माहदेवबेँशी–पालुङ भित्री सडकखण्डमा यात्रुबाहक बसमा जाँचको क्रममा नियन्त्रणमा परेका पुरीको धादिङ जिल्ला अदालतबाट १० दिन म्याद थप भई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खत्रीले जानकारी दिए।
रासस

Batas

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.