
सुशान्त गाहा मगर,
ताण्डव न्यूज ।
सेप अफ जुम्बा एण्ड एरोबिक फिटनेश सेन्टर न्युरोडले आयोजना गरेको तेस्रो संस्करणको मिस एण्ड मिसेस फिटनेसका फाईनल प्रतियोगीहरुलाई पौडन तालिम दिईएको छ ।
‘स्वास्थ्य नै सबैभन्दा ठुलौ शौन्दर्यता हो ।’ भन्ने नारा सहित आयोजना हुन लागेको प्रतियोगिताको अन्तिम १४ प्रतियोगीलाइ लेखनाथ स्थित सेभेन लेक रिसोर्टमा शनिबार अन्तराष्ट्रिय प्रशिक्षक जिवन कुमार गुरुङले तालिम दिएको आयोजक संस्थाका प्रबन्धक निर्देशक रितु थापा मगरले जानकारी दिए ।
उनका अनुसार ३५ बढि सहभागिताबाट छनौट भएका उक्त प्रतियोगीहरु यति बेला र्याम्प वाक लगायत अन्य तालिममा ब्यस्त छन् । निर्देशक थापा मगरले सो प्रतियोगितामा सहभागीहरुलाई कुनैपनि उमेर तथा उचाईको हद नराखिएको बताए ।
त्यस्तै कार्यक्रम संयोजक खुशी थापामगरले प्रतियोगिताको फाईनल आगामी असोज ४ गते होटल ग्राण्डमा सम्पन्न हुने बताए ।उनका अनुसार बिजेताले ताज, नगद ८० हजार तथा बिभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन भने फस्ट रनरअप, सेकेण्ड रनरअप र भ्युअर च्वाईस बन्न सफल प्रतियोगीले क्रमश ताज, नगद ५० हजार, ३० हजार र आकर्षक गिफ्ट ह्याम्परहरु हात पार्नेछन् ।
संयोजक थापा मगरले बिद्यागत रुपमा बेस्ट स्माईल, मिस फोटो जेनिक, मस्ट ट्यालेन्ट, बेस्ट स्कीन, बेस्ट हेयर तथा मस्ट पपुलारिटी लगायतको अवार्ड समेत प्रदान गरिने समेत जानकारी दिएका थिए ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.