काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपति निवास शितनिवासमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला अध्यक्षको जिम्मेवारी पाएका अध्यक्ष प्रचण्डले भेटवार्तालाई तिब्र बनाएका हुन्। राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डसँगको भेट समसामयीक विषयमा भएको प्रचण्डको सचिवालयले जनाएको छ।
पार्टी भित्र नेकपाका वरिष्ठ अध्यक्ष माधव नेपाल र अध्यक्ष केपी ओलीबीचको विवाद बढीरहे बेला प्रचण्डले पार्टीभित्र मिलाउने प्रयास गरिरहेका छन्।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।