www.tandavnews.com
Fact ~ In search of truth

हुम्लामा एक वर्षपछि पुग्यो चामल

हुम्ला ।

Lama collectio News Middle

नेपाल खाद्य संस्थान सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष लागेको छ । काठमाडौँ, केरुङ, हिल्ला हुँदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष २०७५÷७६ मा आइपुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पुग्न एक वर्ष लागेको छ ।

काठमाडौँ, केरुङ हुँदै हिल्सादेखि सिमकोट पुग्न गाडीमा छ दिन लाग्ने भएता पनि सिमकोट डिपोका लागि चार हजार र याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने एक हजार ५०० क्विन्टल गरी पाँच हजार ५०० क्विन्टल चामल बल्लतल्ल केरुङ नाकामा पुगेको छ ।

हवाइमार्गभन्दा स्थलमार्गबाट भाडादर कम पर्ने भए पनि समयमा आउनुपर्ने चामल एक वर्षसम्म नपुग्दा उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीलाई समस्या भएको हो ।

स्थलमार्गको काठमाडौँबाट केरुङ, हिल्सा हुँदै सिमकोट पुग्न प्रतिकेजी ४२ भाडा लाग्ने गरेको नेपाल खाद्य संस्थानका सुब्बा सुरेन्द्र पोखरेलले जानकारी दिए । अहिले नेपागञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले प्रतिकेजी चामलको भाडा ११५ र सुर्खेतबाट हवाइमार्गमा १०५ पर्ने गरेको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०७५÷७६ को असार मसान्तसम्म पाँच हजार ५०० मध्ये चार हजार क्विन्टल चामल सिमकोट डिपोमा र एक हजार ५०० क्विन्टल चामल याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने भए पनि नपुगेको पाइएको हो ।स्थलमार्गबाट चामल नपुग्दा नेपाल खाद्य संस्थानका प्रमुख रामबहादुर विष्ट आफैँ काठमाडौँबाट केरुङ हुँदै सिमकोट डिपोमा चामल पुर्याउनका लागि उक्त नाका हुँदै गाडीमा चामलसँगै आइरहेको बताए ।

काठमाडौँ केरुङ हुँदै हिल्सासम्म पुग्न पाँच दिन लाग्ने गरेको उनले जानकारी दिए । केरुङ नाकादेखि हिल्सा जान सरकारी कामकाज गर्नुपर्ने भएकाले दुई दिन लाग्ने गरेको उनले बताए । हिल्सादेखि याल्वाङ पुग्न एक दिन गरी स्थलमार्गबाट काठमाडौँदेखि सिमकोट पुग्न छ दिन लाग्ने गरेको उनले जानकारी दिए ।

हवाइमार्गबाट ४५ मिनेटमा सिमकोट पुग्ने चामल काठमाडौँबाट केरुङ हुँदै आउन छ दिन लाग्नुका साथै झन्झट हुने गरेको छ ।काठमाडौँबाट हुम्ला पुग्न स्थलमार्गबाट छ दिन लागे पनि अहिलेसम्म चामल पुर्याउन नसकिएको नेपाल खाद्य संस्थानले स्वीकार गरेको छ ।

ठेकेदारको ढिलासुस्तीले स्थलमार्गको चामल पुग्न एक वर्ष लागेको हो । नेपालगञ्ज र सुर्खेतबाट गरी हवाइमार्गबाट गत आर्थिक वर्षको असारसम्म सिमकोट खाद्य संस्थान शाखामा १३ हजार १०७ क्विन्टल चामल भित्रिएको संस्थानका सुब्बा पोखरेलले जानकारी दिए ।

यस्तै दक्षिण क्षेत्रको स्थलमार्गबाट एक हजार १२६ क्विन्टल चामल भित्रिएको उनले जानकारी र्दिए । सिमकोट डिपोमा भित्रिएको चामलमध्ये ११ हजार ९६१ क्विन्टल चामल वितरण गरिएको उनले जानकारी दिए ।

हवाइमार्ग र स्थलमार्गबाट हुम्लामा चामल पुर्याउने जिम्मा चङ्खेली देउती बजै जेभीका धु्रव शाहीले र्लिको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा यस क्षेत्रका स्थानीयवासी दैनिक पिठ्युँमा भारी बोकेर जीविकोपार्जन गर्दै आएका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Bajaj skip