
काठमाडौं ।
प्रदेश नम्बर ५ ले जनप्रतिनिधिलाई बीमा र स्वास्थ्य उपचार गरिदिने भएको छ।
प्रदेशका सभामुख, उपसभामुख, विपक्षी दलका नेता र प्रदेश सभा सदस्यका लागि भईपरी निधन भएमा १० लाख रुपैयाँसम्म दिने गरी बीमा गरिदिने भएको हो।यस्तै, घातक रोग लागेमा औषधि उपचारका लागि पनि प्रदेशले खर्च व्यहोर्ने भएको छ।
सभामुख, उपसभामुख र विपक्षी दलका नेताको स्वदेशका अस्पतालमा उपचार सम्भव नभएर विदेशमा उपचार गर्नुपर्ने अवस्था आएमा सरकारले सम्पूर्ण खर्च व्यहोर्ने निर्णय भएको हो।सभामुख, उपसभामुख र विपक्षी दलका नेताको विदेशमा उपचार गराउनुपर्ने भएमा कोषभन्दा बाहिर सिधै बिल पेश गरेर आर्थिक मामिला मन्त्रालयबाट पैसा लिन सकिनेछ।
जनप्रतिनिधिको उपचार सेवाका लागि ऐन बनाए पनि नियमावली बनाउन बाँकी रहेको जनाइएको छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.