www.tandavnews.com
Fact ~ In search of truth

यी ५५ जना जो बने फुटबलमा विश्वका उत्कृष्ट खेलाडी

हरके वर्ष मनोनयनमा पर्ने एकमात्र खेलाडी रोनाल्डो

एजेन्सी ।

 

फुटबलमा विश्वका ५५ खेलाडी उत्कृष्ट खेलाडीका लागि मनोनयनमा परेका छन् ।

व्यावसायिक फुटबलरहरुको अन्तर्राष्ट्रिय संस्था फिफप्रो र अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले हरेक वर्ष संयुक्त रुपमा घोषणा गर्दै आएको ‘फिफा फिफप्रो विश्व ११’को यस वर्षको पहिलो चरणमा ५५ खेलाडी मनोनयनमा परेका हुन् ।

Batas

मनोनयनमा परेका ५५ जना फुटबल खेलाडीमा इंग्लिस प्रिमियर लिगका मात्रै २१ खेलाडी परेका छन्। जसले ला लिगाको १० वर्षको कीर्तिमान तोडेको छ।यसपटक ला लिगाबाट २० खेलाडी छन् ।यसमा क्लबका हिसाबले स्पेनिस क्लब बार्सिलोनाबाट सबैभन्दा धेरै ११ खेलाडी परेका छन्।

अर्को स्पेनिस क्लब रियल मड्रिडबाट ९ खेलाडी छन्। इंग्लिस क्लब म्यानचेस्टर सिटीका ८ र लिभरपुलका ७ खेलाडी छन्। बाँकी २० खेलाडी विभिन्न ११ क्लबबाट छन्।

उत्कृष्ट खेलाडीको छनोट खेलाडीहरुकै मनोनयनका आधारमा हुने नियम रहेको छ। जसमा २३ हजार भन्दा धेरै व्यावसायिक खेलाडीको मतदान रहेको छ। जसमा हरेक खेलाडीले एक गोलकिपर, चार डिफेन्डर, तीन मिडफिल्डर र तीन फरवार्ड छान्ने छन्। त्यसमा २०१८ को जुलाई १६ देखि २०१९ को जुलाई १९ सम्मको खेललाई आधार बनाइनेछ।

उत्कृष्ट ११ को घोषणा सेप्टेम्बर २३ मा हुनेछ। जसमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट पुरुष टिम प्रशिक्षक, उत्कृष्ट महिला टिम प्रशिक्षक, उत्कृष्ट पुरुष गोलकिपर, उत्कृष्ट महिला गोलकिपर, उत्कृष्ट गोल अवार्ड, फेयर प्ले अवार्डलगायतका अवार्डहरु पनि घोषणा हुनेछन्।

यसरी उत्कृष्ट ११ खेलाडी छनोट गर्न थालेको १५ वर्ष पुगेको छ। हरके वर्ष मनोनयनमा पर्ने एकमात्र खेलाडी क्रिष्टियानो रोनाल्डो रहेका छन्।

को को छन् उत्कृष्ट ५५ मा ?

गोलकिपर
एलिसन बेकर (ब्राजिल, लिभरपुल)

डेभिड डे गा (स्पेन, म्यानचेस्टर युनाइटेड)

एडरसन मोरेस (ब्राजिल, म्यानचेस्टर सिटी)

जान ओबलाक (स्लोभानिया, एथ्लेटिको मड्रिड)

मार्क आन्द्रे टेर स्टेगन (जर्मनी, बार्सिलोना)

डिफेन्डर
जोर्डि अल्बा (स्पेन, बार्सिलोना)

ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड (इंग्ल्याण्ड, लिभरपुल)

ड्यानी अल्भास (ब्राजिल, पिएसजीरसाओ पाउलो)

जाओ क्यान्सेलो (पोर्चुगल, युभेन्टसरम्यानचेस्टर सिटी)

ड्यानी कार्भाजल (स्पेन, रियल मड्रिड)

जर्जियो किलिनी (इटाली, युभेन्टस)

भर्जिल भ्यान डाइक (नेदरल्याण्ड्स, लिभरपुल)

डिएगो गोडिन (उरुग्वे, एथ्लेटिको मड्रिडरइन्टर मिलान)

जोसुवा किमिच (जर्मनी, बायर्न म्युनिख)

कालिडु कोलिबाली (सेनेगल, नापोली)

एमेरिक लापोर्ते (फ्रान्स, म्यानचेस्टर सिटी)

म्याथियस डि लिग्ट (नेदरल्याण्ड्स, आयाक्सरयुभेन्टस)

जेरार्ड पिके (स्पेन, बार्सिलोना)

सर्जियो रामोस (स्पेन, रियल मड्रिड)

एन्ड्यु रोबर्टसन (स्कटल्याण्ड, लिभरपुल)

एलेक्स सान्ड्रो (ब्राजिल, युभेन्टस)

थियागो सिल्भा (ब्राजिल, पिएसजी)

राफेल भारान (फ्रान्स, रियल मड्रिड)

मार्सेलो भिएरा (ब्राजिल, रियल मड्रिड)

केल वाल्कर (इंग्ल्याण्ड, म्यानचेस्टर सिटी)

मिडफिल्डर
सर्जियो बुस्केट्स (स्पेन, बार्सिलोना)

क्यासेमिरो (ब्राजिल, रियल मड्रिड)

केभिन डे ब्रायन (बेल्जियम, म्यानचेस्टर सिटी)

क्रिष्टियन इरिकसन (डेनमार्क, टोटनह्याम)

फ्रान्की डि योङ (नेदरल्याण्ड्स, आयाक्सरबार्सिलोना)

इडन हाजार्ड (बेल्जियम, चेल्सीररियल मड्रिड)

एन्जेलो कान्टे (फ्रान्स, चेल्सी)

टोनी क्रुस (जर्मनी, रियल मड्रिड)

आर्थर मेलो (ब्राजिल, बार्सिलोना)

लुका मोडरिक (क्रोएसिया, रियल मड्रिड)

पोउल पोग्बा (फ्रान्स, म्यानचेस्टर युनाइटेड)

इभान राकिटिक (क्रोयसिया, बार्सिलोना)

बर्नान्डो सिल्भा (पोर्चुगल, म्यानचेस्टर सिटी)

डुसान टेडिक (सर्बिया, आयाक्स)

आर्टुरो भिडाल (चिली, बार्सिलोना)

फरवार्ड
सर्जियो अग्युरो (अर्जेन्टिना, म्यानचेस्टर सिटी)

करिम बेन्जेमा (फ्रान्स, रियल मड्रिड)

रोबर्टो फर्मिनो (ब्राजिल, लिभरपुल)

एन्टोनी ग्रिजम्यान (फ्रान्स, एथ्लेटिको मड्रिडरबार्सिलोना)

ह्यारी केन (इंग्ल्याण्ड, टोटनह्याम)

रोबर्ट लेवान्डोस्की (पोल्याण्ड, बायर्न म्युनिख)

सडियो माने (सेनेगल, लिभरपुल)

केलियन एमबाप्पे (फ्रान्स, पिएसजी)

लियोनल मेस्सी (अर्जेन्टिना, बार्सिलोना)

नेमार (ब्राजिल, पिएसजी)

क्रिष्टियानो रोनाल्डो (पोर्चुगल, युभेन्टस)

मोहम्मद सलाह (इजिप्ट, लिभरपुल)

हिउङ मिन सन (दक्षिण कोरिया, टोटनह्याम)

रहिम स्टर्लिङ (इंग्ल्याण्ड, म्यानचेस्टर सिटी)

लुइस स्वारेज (उरुग्वे, बार्सिलोना)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.