www.tandavnews.com
Fact ~ In search of truth

सिभिलको नेपालमै पहिलो योजना, एन्यूटी डिपोजिट निक्षेप

पोखरा ।

 

सिभिल बैंकले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ ।

एन्यूटी डिपोजित बचत र मुद्दतीको समायोजन गरी बनाईएको निक्षेप योजना हो । यो योजना भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्न बचतकर्ताले निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्ने र इच्छयाईएको रकम सो अवधि पश्चात एकमुष्ठ बचतकर्ताले प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Batas

सिभिल एन्यूटी डिपोजित अन्तर्गत  खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थिर रहने छ । यस योजनामा न्यूनतम मौज्दात १ हजार रुपैयाँ बाट नै शुरु गर्न मिल्ने जनाइएको छ ।
व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ता दुवैले सञ्चालन गर्न मिल्ने यस निक्षेप योजनाले १ वर्षदेखि ७ वर्षसम्मको अवधिमा आफ्नो मासिक आम्दानीबाट बचत गर्न सक्ने रकमलाई थोरै थोरै जम्मा गरि भविष्यको योजनाहरु साकार पार्न मद्दत गर्ने बैंकको विश्वास रहेको छ ।

ग्राहकको इच्छा अनुसार ग्राहकले एक भन्दा बढी खाता खोल्न पनि पाउने बैंकले जनाएको छ । सिभिल एन्यूटी डिपोजिटबाट बचतकर्ताले आवश्यक मासिक रकम बचत गरि योजनाको अन्तमा साँवा तथा ब्याजको एकमुष्ठ रकमको लाभ पाउन सक्नेछन् ।

बैंकले आवश्यक परेको समय ३ महिना पछि यो निक्षेप खाता बन्द गर्न मिल्ने र मौज्दात रकमको ६० प्रतिशत सम्म क्रण निकाल्न मिल्ने सुविधा प्रदान गर्ने उल्लेख गरेको छ ।
सिभिल बैंकले ९६ शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.