
काठमाडौं ।
विभिन्न माग राख्दै अनसन बस्दै आएका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले फेरि सरकारसँग विभिन्न सात वटा माग राखेका छन्।
आज(आइतबार) एक विज्ञप्ति जारी गर्दै डाक्टर केसीले ऐन संशोधनसहितका माग पूरा नभए सत्याग्रहसहितका आन्दोलन थाल्ने चेतावनी दिएका हुन्।हाल आन्दोलनरत विद्यार्थीका माग पूरा गर्दै निजी मेडिकल कलेजले अवैध रूपमा असुल गरेको सबै रकम फिर्ता गराउन केसीले माग गरेका छन्।

विश्वविद्यालय पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने र सो प्रतिवेदनलाई ऐनको रूप दिनुपर्ने केसीको अर्को माग छ।
आफूसँग सरकारले गरेको सम्झौता अनुसार इलाम/पाँचथर, उदयपुर, डोटी/डडेल्धुरालगायत प्रदेश नं.२ र ४ मा पनि सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया तत्काल अघि बढाउन केसीले माग राखेका छन्।
त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबिबिएस लगायतका कार्यक्रम सुरू गर्नु पर्ने केसीको माग छ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.