www.tandavnews.com
Fact ~ In search of truth

फेरि एउटा अर्को आन्दोलनको आवश्यक :अध्यक्ष प्रचण्ड

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्ने कुरा ठुलो नभएको, के गर्ने भन्ने कुरा ठुलो भएको बताउँदै अहिले फेरि एउटा अर्को आन्दोलन चाहिएको बताएका छन्।

दिवंगत नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।अहिले अर्को आन्दोलन, अभियान र मिसन चाहिएको र त्यस्तो आन्दोलन शान्तिपूर्ण र प्रतिष्पर्धात्मक हुने प्रचण्डले बताए।

नयाँ समाजवादी व्यवस्था र संस्कृति स्थापना गरी कम्युनिष्ट पार्टीलाई जनताको सेवकका रूपमा स्थापित गर्न नयाँ मिसन र उद्देश्यका साथ आन्दोलन गर्नुपर्नेमा प्रचण्डले जोड दिए।उनले अहिले विकासका कुरामात्र धेरै भए पनि व्यवहारमा त्यस्तो नदेखिएको बताए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.