www.tandavnews.com
Fact ~ In search of truth

बहुविवाह मुद्दामा ‘पतिपत्नी’ जेल चलान

जलेश्वर । 

महोत्तरी जिल्लामा बहुविवाह मुद्दामा एक पतिपत्नी जेल चलान भएका छन् । जेल चलान हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–६ बस्ने पति राधारमण झा र उनकी कान्छी पत्नी पूजा प्रतिहस्त रहेका छन् ।

राधारमण झाको पहिलो पत्नी अञ्जु झा हुँदाहुँदै उनले कान्छी पत्नी पूजालाई भित्र्याएपछि पहिलो पत्नी अञ्जु झाले पति र उनका कान्छी पत्नीविरुद्ध जिल्ला अदालतमा बहुविवाह मुद्दा दिएकी थिइन् ।

Batas

महोत्तरी जिल्ला अदालतले सोही बहुविवाह मुद्दाअन्तर्गत विसं २०७५ मा गरेको फैसला अनुसार निज राधारमण र उनकी कान्छी पत्नी पूजासहित दुवैलाई जनही एक वर्ष कैद र रु १० हजार जरिवाना गरेको थियो ।

त्यस्तै उच्च अदालत जनकपुरको २०७६ साउन १५ गते भएको शुरु फैसला सदर भएपछि दुवै पतिपत्नीलाई जनही एकवर्ष कैद र १० हजार जरिवाना गरिएको हो ।

जिल्ला र उच्च दुवै अदालतको आदेशपश्चात शुक्रबार पतिपत्नी दुवै जना आफैँ निवेदन साथ उपस्थित भई कैद भुक्तानका लागि जलेश्वर कारागार चलान गरिएका छन् ।(रासस)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.