www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेश : यस्ता छन मन्त्री परिषदका निर्णय

 पोखरा ।
गण्डकी प्रदेश सरकारले सार्वजनिक सभा समारोहमा अतिथिलाई एकै साथ फूलमाला, खादा र अबिर एकै साथ लगाउन प्रतिबन्ध गर्ने निर्णय गरेको छ । मन्त्री परिषद बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पेस गरेको सार्वजनिक निकायको औपचारिक बैठक तथा समारोह सञ्चालन निर्देशिका स्वीकृत गरेसँगै यस्तो ब्यवस्था भएको हो ।
–   अथितिलाई तीन दिन अगावै कार्यक्रम बारे जानकारी दिनुपर्ने
कास्की जिल्ला अदालत बार एशोसियशनको भवन निर्माणको लागि ३० लाख रुपैयाँ दिने निर्णय भएको छ । त्यस्तै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितीलाई १५ लाख, पत्रकार महासंघ जिल्ला शाखा बाग्लुङलाई १५ लाख रुपैयाँ र नेपाल पत्रकार महांसघ तनहुँलाई १० लाख रुपैयाँ दिने
अब नवलपरासीबाटै सवारी लाइसेन्स
क्षेत्रीय क्षयरोग केन्द्र प्रदेश मातमत दिन केन्द्रलाई आग्रह
गोरखा, मनाङ र मुस्ताङमा इटालीयन स्याउ
धर्मकाय बुद्ध मण्डला विकास तथा ब्यवस्थापन समितिले कास्कीको काहुँडाँडामा बुद्ध मन्दिर बनाउने भनि पेस गरेको प्रस्ताव बमोजिम प्रदेशले राष्ट्रिय प्राथमिकता प्राप्त योजनामा राख्न संघलाई सिफारिस गर्ने भएको छ । बुद्ध मन्दिर काहुँको धारापानी सामुदायिक बनको १७० रोपनी जग्गामा निर्माण हुनेछ । सामुदायिक बनले मण्डला समितिलाई १७० रोपनी जग्गा दिने निर्णय समेत गरिसकेको छ ।  

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.