www.tandavnews.com
Fact ~ In search of truth

दुई दिनमा चार लाख ५० हजारले राजधानी छाडे

काठमाडौं ।

Lama collectio News Middle

दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन् ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले यही असोज ५ गतेदेखि आज बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छाडेको जानकारी दिए । यो बीचमा झण्डै सात लाख यात्रुु राजधानी भित्रिएका पौडेलले बताए । अहिले राजधानीमा भित्रिने क्रम भने न्यून भएको छ ।

उनका अनुसार पछिल्ला दुई दिनमा एक लाख ४० हजारको हाराहारीमा यात्रु भित्रिएका छन् । ‘समग्रमा आजसम्म राजधानीबाट बाहिरिएको खुद सङ्ख्या भने नौ लाख हाराहारीमा पुग्यो, अहिले उपत्यका, नागढुङ्गालगायत क्षेत्रमा सुरक्षा व्यवस्था राम्रो छ, केही व्यापारिक क्षेत्रहरुमा मानवीय चाप बढी भएकाले क्यूमा गाडी गुडिरहेका छन्’, उनले भने ।

उनले राजधानीमा एक हजारभन्दा बढी ट्राफिक प्रहरी खटाइएको र नागढुङ्गामा र्याकरसहित ट्राफिक प्रहरी तैनाथ रहेको जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery