www.tandavnews.com
Fact ~ In search of truth

चिनियाँ राष्ट्रपतिले कसरी बिताउँदैछन नेपालमा २१ घण्टा ?

काठमाडौं।

 

२३ वर्षपछि नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङ आज (शनिबार) अपरान्ह साढे ४ बजे काठमाडौं आइपुग्ने भएका छन्।

आइतबार १ बजे स्वदेश फर्कने उनले नेपाल रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्।

Batas

सी सवार विमान शनिबार ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।नेपाल अवतरणपछि चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुनेछ।

दुई देशका राष्ट्र प्रमुख बीचको भेट साँझ ६ः३० मा हुनेछ। त्यसपछि सी र कांग्रेस सभापति देउवाबीच भेटवार्ता हुने कार्यक्रम तय भएको छ। देउवा र सीको भेटपछि राष्ट्रपति भण्डारीले सीको सम्मानमा विशेष रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ।

आइतबार सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र सीबीच भेटवार्ता हुनेछ। त्यसलगत्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली टोली र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलका बीचमा द्विपक्षीय वार्ता तथा सम्झौता एवं समझदारीपत्रमा हस्ताक्षरसमेत हुनेछ।

सी भ्रमणका क्रममा शनिबार दिउँसो २ः५५ बजेदेखि ५ः२५ सम्म र आइतबार दिउँसो ११ः२० बजेदेखि ३ः५० सम्म विमानस्थल बन्द हुनेछ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.