www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा युवा नेतृत्व मञ्च गठन

पोखरा ।

पोखरामा युवाको नेतृत्व विकास क्षमता अभिवृद्धि गर्ने लक्ष्यसाथ आरोग्य मोहन काफ्लेको संयोजकत्वमा युवा नेतृत्व मञ्च गठन गरिएको छ ।

देश विकासमा युवा नेतृत्वको प्रमुख आवश्यकता भन्ने नारासाथ गठित मञ्चको पहिलो सभाबाट सहसंयोजकमा मन्दिप सुवेदी, सचिवमा दीपा अधिकारी र प्रवक्तामा प्रमोद बस्ताकोटी चयन भएका छन् ।

Batas

युवा अवस्थामा विभिन्न क्षेत्रमा सम्बद्ध युवा सहभागी १० सदस्यीय मञ्चले समाजको रुपान्तरणमा युवाले राम्रो नेतृत्व गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्ने गरी क्रियाशील बन्ने संयोजक काफ्लेले जानकारी दिए । मञ्चको औपचारिक घोषणा कार्यक्रम आगामी कात्तिक २३ गते गरिने र पाँच महीनाभित्र महाधिवेशन गर्ने लक्ष्य राखिएको उनले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.