www.tandavnews.com
Fact ~ In search of truth

‘ नेपालको उत्कृष्ट वैकल्पिक शक्ति विवेकशील साझा’

पोखरा ।

विवेक शील साझा पार्टी नेपालको उत्कृष्ट बैकल्पिक शक्ति  भएको नेता केशव दाहालले बताएका छन् ।

देशव्यापी संगठन विस्तारको कार्यक्रम अन्तरगत पार्टीले पोखरामा हिजो गरेको प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रममा नेता दाहालले नेपालमा वैकल्पिक राजनीतिको औचित्यको बारेमा प्रकाश पार्दै विवेकशील साझा पार्टी अब नेपालको वैकल्पिक पार्टी भइसकेको ठोकुवा गरे ।

Batas

प्रशिक्षण कार्यक्रममा सँयोजकद्वय रविन्द्र मिश्र र उज्जवल थापाले विवेकशील साझाको राजनीतिक मूल्य र मान्यताको विषयमा आफ्ना धारणाहरु राखेका थिए । उनीहरुले नेपालमा वैकल्पिक शक्तिको आवश्यकता महशुस भएको र त्यको परिपूर्ती विवेकशील साझाले गर्न सक्ने विचार राखेका थिए ।
त्यस्तै डा. सूर्यराज आचार्यले विवेकशिल साझा पार्टीको राजनीतिक दर्शन र अर्थतन्त्र विषयमा आफ्नो विचार राखेका थिए ।
युवा नेतृ रञ्जु दर्शनाले युवा पुस्ता राजनीति र सामाजिक अभियानको विषयमा बोलिन् ।

उनले युवापुस्ताबाट मात्रै परिवर्तन सम्भव भएको बताउँदै राजनीतिमा युवा पुस्ताको प्रवेशले विशेष अर्थ राख्ने बताईन् । प्रदेशस्तरिय कार्यक्रमको व्यवस्थापनको जिम्मा विवेकशील साझाको जिल्ला कमिटिले गरेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशभित्र पर्ने विभिन्न जिल्लाबाट १ सय जना उत्प्रेरकहरु सहभागी भएको जिल्ला सचिवालयका सदस्य सुरेश पहारीले जानकारी दिए ।

शुक्रबार हिजो पोखरामा भएको प्रशिक्षण कार्यक्रममा पार्टीका सबै प्रमुख नेताहरुको उपस्थिती रहेको थियो ।

विवेकशील साझा पार्टीका अनुसार आज पार्टीको प्रदेश सँयोजक घोषणा गर्ने कार्यक्रम रहेको छ । पार्टीले यो कार्यक्रम गैह्रापाटनस्थित उद्योग वाणिज्य संघको हलमा गर्ने जनाएको छ । गण्डकी प्रदेश सँयोजक घोषणाका लागि पार्टीले विशेष तयारी गरिरहेको छ ।

प्रदेश सँयोजकको घोषणालाई लिएर विभिन्न चासो र जिज्ञासाहरु आउन थालेको जिल्ला सचिवालयले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.