पोखरा,
ताण्डव न्यूज ।
पोखराको एक रेष्टुरेन्टमा कौडा खेलिरहेका १५ जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका –१८ स्थित चालिसे डाँडामा रहेको एक रेष्टुरेन्टमा अवैध रुप्मो कौडा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई ३२ थान कौडासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट छ लाख १० हजार रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–६ बैदामका वर्ष ४४ का खिमलाल पहारी, सोही स्थानका ६० वर्षीय विर बहादुर लामीछाने, सोही स्थानका ४६ वर्षीय चिन बहादुर भट्टराई, सोही ठाउँका वर्ष ५४का शक्ति पराजुली,सोही ठाउँका ३५ वर्षीय सनोज पहारी रहेका छन् ।
त्यस्तै सोही ठाउँका ४५ वर्षीय केदार थापा,३८ वर्षीय लक्ष्मण कुँवर, ३३ वर्षीय लक्ष्मण पहारी,५१ वर्षीय कविराज पराजुली,४८ वर्षीया ईश्वर श्रेष्ठ,५८ वर्षीय राम बहादुर थापा रहेका छन् ।
त्यस्तै पोखरा महारानगर –१८ सराङकोटका ४६ वर्षीय महेन्द्र बहादुर थापा, पोखरा–१८ भकुण्डेका ५१ वर्षीय धुव्र बहादुर थापा, पोखरा–११ रानीपौवाका ४३ वर्षीय पुर्ण तिमिल्सिना,पोखरा –६ खहरेका ४० वर्षीय बिमल देवकोटा रहेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिने क्रममा दुई प्रहरी घाईते भएका छन भने कौडा खेलिरहेका बिमल देवकोटा भाग्ने क्रममा लडि घाईते भएका छन् । उनको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.