www.tandavnews.com
Fact ~ In search of truth

एनआएनए अध्यक्षमा कुमार पन्त

 

काठमाडौं ।

 

गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वमा कुमार पन्त एक हजार २१७ मत प्राप्त गरी विजयी भएका छन् । उनी संघको आगामी दुई वर्षका लागि प्रतिस्पर्धी कूल आचार्यलाई १४७ मतले पछि पार्दै विजयी भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी आचार्यले एक हजार ७० मत प्राप्त गर्नुभएको संघका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए ।

Batas

नवनिर्वाचित अध्यक्ष पन्तले जीत आफ्नो मात्र नभएर सबै गैरआवासीय नेपालीको भएको प्रतिक्रिया दिए। सबैलाई एकताबद्ध बनाएर लैजानेसमेत उनले प्रतिबद्धता व्यक्त गरे ।

बिहीबार बिहान १०ः०० बजेदेखि शुरु भएको मतदान दिउँसो ४ः०० बजेसम्म भएको थियो । बिहीबार रातिदेखि शुरु भएको मतगणना आज अपराह्न सम्पन्न भएको थियो ।

यसैगरी उपाध्यक्षमा डा .बद्री केसी एक हजार १६१, अर्जुकुमार श्रेष्ठ एक हजार २६, मनकेसी ९६१ र सोनाम लामा ८९८ मत प्राप्त गरी विजयी भएका छन् । संघको महिला उपाध्यक्षमा रविना थापा एक हजार २३२ मत प्राप्त गरी निर्वाचित भएकी छिन्।

यसैगरी महासचिवमा डा .हेमराज शर्माले एक हजार १३९, सचिवद्वयमा गौरीराज शर्मा ९१६ र आरके शर्मा ८६८ मत प्राप्त गरी विजयी भएका छन् । कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ एक हजार ६५३ र सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल एक हजार १८४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

यसैगरी महिला संयोजकमा शोभादेवी लिम्बू, युवा संयोजकमा हिमाल गुरुङ, क्षेत्रीय संयोजक (अफ्रिका)मा रोशन थापा, क्षेत्रीय महिला संयोजक (अफ्रिका) मनकला थापा विष्ट, क्षेत्रीय संयोजक (अमेरिकाज्मा) राजन त्रिपाठी, क्षेत्रीय उपसंयोजक (अमेरिकाज्मा) रामसी पोखरेल, क्षेत्रीय महिला संयोजक (अमेरिकाज्) मा उमा कार्की थापा, क्षेत्रिय युवा संयोजक ९अमेरिकाज्० मा विमला सापकोटा निर्वाचित भएका छन् ।

यसैगरी क्षेत्रीय संयोजक (एशिया प्रशान्त) गोविन्द श्रेष्ठ, क्षेत्रीय उपसंयोजक (एशिया प्रशान्त) खगेन्द्र न्यौपाने र पारशमणि पोखरेल, क्षेत्रीय महिला संयोजक (एशिया प्रशान्त)अमृता थापा क्षेत्रीय युवा संयोजक (एशिया प्रशान्त) दीपकप्रसाद कँडेल निर्वाचित भएका छन् ।

यसैगरी क्षेत्रीय संयोजक (मध्यपूर्व)मा प्रविण गुरुङ, क्षेत्रीय उपसंयोजक (मध्यपूर्व)मा मनोजकुमार श्रेष्ठ र राजेन्द्र अर्याल क्षेत्रीय महिला संयोजक (मध्यपूर्व) सुमित्रा देवी पौडेल, क्षेत्रीय युवा संयोजक (मध्यपूर्व)मा राजु रेग्मी निर्वाचित भएका छन् ।

यसैगरी क्षेत्रीय संयोजक (युरोप)मा नारायणप्रसाद आचार्य, क्षेत्रीय उपसंयोजक (युरोप)मा कृष्णप्रसाद तिमिल्सेना, मुक्तबहादुर गुरुङ र शुक्रराज न्यौपाने, क्षेत्रीय महिला संयोजक (युरोप) कुमारी योगिता थापा, क्षेत्रीय युवा संयोजक (युरोप) जयकृष्ण ठाकुर निर्वाचित भएका छन् ।

यसैगरी क्षेत्रीय संयोजक (ओसियाना)मा हेमराज पाण्डे, क्षेत्रीय उपसंयोजक (ओसियाना) नवीन कँडेल, क्षेत्रीय महिला संयोजक (ओसियाना) जानकी पौडेल र क्षेत्रीय युवा संयोजक (ओसियाना) राजकुमार थपलिया निर्वाचित भएका छन् । निर्वाचनमा करीब दुई हजार ३०० मत खसेको थियो ।

गत असोज २८ गतेदेखि संघको नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन शुरु भएको हो । कूल ४२ पदका लागि भएको निर्वाचनमा ७६ प्रतिस्पर्धी थिए । तीन दिनसम्म चलेको सम्मेलनमा ८१ देशका गैरआवासीय नेपाली सहभागी थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.