पोखरा,
ताण्डव न्यूज ।
इच्छाशक्ति अटोमोबाइल्स प्राइभेट लिमिटेडको बजाज एक्सचेन्ज अफर जारी रहेको छ ।
अब बजाज एक्सचेन्जमा एक्सट्रा अपग्रेडसँगै एक्ट्रा बेनिफिट एक्सट्रा ह्याप्पिनेस भन्ने श्लोगानसँगै हिजो आइतबार( कार्तिक ३ गते)देखि सुरु भएको एक्सचेन्स अफर कार्तिक ७ गतेसम्म चल्नेछ ।
ग्राहकले बाइक तथा स्कुटर पोखरा नयाँबजारमा रहेको बजाज शोरुम र बुद्धचोक रिसी पेट्रोल पम्प अगाडि रहेको शोरुममा गइ एक्सचेन्ज गर्न सक्नेछन्।
अफरमा कुनैपनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्स गरिने जनाइएको छ । कुनै पनि मोटरसाइकल वा स्कुटरको न्युनतम मुल्य १५ हजार कायम गरिएको छ भने मोटरसाइकलको प्रचलित बजार मुल्य भन्दा १५ हजार बढी थप गरिएको इच्छाशक्ति अटोमोबाइल्सले जानकारी दिएको छ ।
नयाँ बजाज मोटरसाइकलको खरिदमा ग्राहक विभिन्न एक्सेसरिज, बाइक कभर, हेलमेट, ल्यापटप ब्याग, लेग गार्ड प्राप्त गर्नेछन् । बजाजले ‘अब कति जितिन्छ पहिल्यै देखिन्छ’ भन्ने नारासहित भविष्यवाणी योजना पनि ल्याएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.