www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ‘दि कासांग च्यालेन्ज’ हुने

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

पोखरामा नेपाल एशोसियसन अफ र्याफ्टिङ एजेन्सी (नारा) गण्डकी प्रदेश पोखराको आयोजनामा अन्तराष्ट्रिय स्तरको दि कासांग च्यालेन्ज हुने भएको छ ।  आगामी (कार्तिक) ८ र ९ गते दि कासांग च्यालेन्जको आयाजना गर्न लागेको बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

प्रतियोगिताका प्राबिधिक संयोजक तथा नाराका निवर्तमान अध्यक्ष निम मगरले उक्त प्रतियोगिता दुई बिद्यामा आयोजना गरिने बताए । उनले पुरुष र महिला बिधामा आयोजना हुने उक्त प्रतियोगिताको बिजेता उपबिजेता र सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई क्रमश १ लाख, ५० हजार र २५ हजार रुपैया प्रदान गरिने बताए ।

Batas

त्यस्तै नारा गण्डकी प्रदेशका अध्यक्ष विरेन्द्र लामाले उक्त प्रतियोगितामा साइक्लिङ, रनिङ र कायाकिङ समाबेश गरिएको बताए । उनका अनुसार बिजेता बन्नका लागि खेलाडीले हल्लनचोकदेखी याम्दी दोभान सम्म ७।५ किलोमिटर दुरीमा साइक्लिङ, याम्दी दोभानदेखी मर्दीखोला दोभान सम्मको ६।५ किलोमिटर रनिङ गरी मर्दी खोला दोभानदेखी याम्दी दोभान सम्म ८ किलोमिटर दुरीमा डाउन रिभर रेस कायाकिङ गर्नुपर्नेछ ।

उनले साइक्लिङ र रनिङ समेत दुवै विद्यामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने बताए ।
दुई दिनमा सम्पन्न हुने उक्त च्यालेन्जमा नेपाल संगै अर्जेन्टिा, फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड, क्यानडा, भारत, अष्ट्रेलिया, वेलायत, अष्ट्रिया, न्युजील्याण्ड, जापान लगायत राष्ट्रका २०० खेलाडीको सहभागीता रहने आयोजकले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.